इलाम - आउँदो निर्वाचनमा एउटा उम्मेद्वारले कति खर्च गर्न पाउँछन् भन्ने विषय उम्मेद्वार स्वयं र मतदाता समेतलाई थाह नहुन सक्छ ।
तर, आगामी फागुन २१ गते हुने निर्वाचन प्रचारप्रसारका लागि इलामका उम्मेद्वारले ३१ लाख रुपियाँ सम्ममात्र खर्च गर्न पाउने छन् ।
त्यसका लागि उम्मेद्वारले छुट्टै बैंक खाता खोल्नु पर्नै व्यवस्था रहेको छ । अहिले सम्म इलामको चुनावी मैदानमा २७ जना उम्मेद्वार भएपनि नौं जना उम्मेद्वारले मात्र बैंक खाता खोलेको जिल्ला स्थित अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण सूर्य भण्डारीले जानकारी दिए ।
‘उम्मेद्वारलाई आयोगले निर्वाचन सक्किएको १५ दिन भित्र निर्वाचनमा खर्च भएको हिसाबकिताब बुुझाउन भनेको छ ।’ भण्डारीले भने ‘उम्मेद्वारहरुले अरुबाट प्राप्त गर्ने २५ हजार देखि माथिको रकम बैंक खातामै जम्मा गर्नुपर्ने छ । अर्थात २५ हजार देखि माथिको रकम सोझै खर्च गर्न पाइने छैन ।’ भण्डारीका अनुसार उम्मेद्वारहरुले यसअघिनै आफ्नो सम्पत्ति विवरण भने जिल्ला स्थित निर्वाचन अधिकृतको कार्यालयलाई बुझाइ सकेका छन् ।
अहिले सम्म इलाममा निर्वाचन आचार संहिता विपरितका कामहरु भने नभएको पाइएको अनुगमन अधिकृत भण्डारीको भनाइ छ ।
तपाईको प्रतिक्रिया