समाज
बेलीब्रिजको सामान बोकेको ट्रक इलाममा दुर्घटना, एकजनाको मृत्यु
बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
इलाम- इलामको जोगमाई खोलाका लागि बेलीब्रिज बोकेर भारतबाट आएको गाडी इलाम नगरपालिका–१०, गोदकस्थित बाह्रगोलाईमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् ।
सिमलगोलाई–तिल्केनी सडकको जोगमाई खोलामा लगाइने बेलीब्रिजको सामान भारतबाट ल्याउँदैगरेको ट्रक गन्तव्य आइपुग्न केही किलोमिटरमात्रै बाँकी रहँदा दुर्घटना भएको हो ।
साँझ पौने ५ बजेतिर भएको दुर्घटनामा गाडीका सहचालकको मृत्यु भएको र अन्य २ जना घाइते भएको इलाम नपा १० का वडाध्यक्ष ओमनारायण प्रधानले पालिकापेजलाई जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
तपाईको प्रतिक्रिया