खेलकुद

इलाम गोल्डकप पत्रकारिता पुरस्कार भण्डारीलाई

शनिबार बैशाख १२, २०८३/ Saturday 04-25-26

इलाम- रेडहर्स फुटबल क्लब इलामले स्थापना गरेको इलाम गोल्डकप पत्रकारिता पुरस्कारबाट पत्रकार भगीरथ भण्डारी पुरस्कृत भएका छन् । 

तेस्रो इलाम गोल्डकपको फाइनलमा उनलाई आज पुरस्कृत गरिएको हो । खेलकुदको क्षेत्रमा पत्रकारिताका माध्यमबाट गरेको योगदानको कदर गर्दै पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको क्लब अध्यक्ष सजितसिंह खत्रीले बताए ।

२०७० सालबाट पत्रकारिता सुरु गरेका भण्डारी नेपाल पत्रकार महासंघ इलाम शाखा कोषाध्यक्ष, राजधानी दैनिकका संवाददाता तथा इलाम पोस्ट दैनिकका प्रबन्ध सम्पादक हुन् । 

गतवर्ष यो पुरस्कार पत्रकार गणेश घिमिरेलाई प्रदान गरिएको थियो । 

पत्रकार भण्डारी शुक्रबार कोशी प्रदेशका चार पत्रकारलाई प्रदान गरिने ‘दीर्घमाया ढकाल स्मृति पत्रकारिता पुरस्कार’बाट समेत पुरस्कृत भएका थिए ।

तपाईको प्रतिक्रिया