इलाम- इलाम नगरपालिका अन्तरवडा शिक्षक भलिबल प्रतियोगिता वडा ३ ले जितेको छ ।
वडा १ को साखेजुङमा सम्पन्न फाइनलमा वडा ३ ले आयोजक शिक्षक खेलकुद समिति वडा १ लाई पराजित गर्दै ३–१ को सेटमा उपाधि चुमेको हो ।
वडा ३ ले पहिलो सेटमा २२–२५, दोस्रोमा २३–२५ बनाएको थियो । आयोजकले २५–२० ले तेस्रो सेट जितेपनि चौथो सेट वडा ३ ले १९–२५ ले जितेर उपाधिमा कब्जा जमाएको हो । विजेता वडा ३ ले उपाधिसँगै नगद ८ हजार र उपविजेता आयोजकले नगद ५ हजार पाँच सय रुपैयाँ जितेका छन् । दुवै टिमले ट्रफी पाएका छन् ।
प्रतियोगिताअन्तर्गत चार विधामा खेलाडीलाई पुरस्कृत गरिएको छ । प्रतियोगिताको प्लेयर अफ् दि टुर्नामेन्ट ज्ञानेन्द्र थापा भए । बेस्ट लिफ्टर दीपेश गुरुङ, डिफेन्डर कमल नेपाली र स्पाइकको पुरस्कार निर्मल तिम्सिनाले हात पारे ।
आजै स्थानीय चिया उद्योगीहरूको टिमबीच छुट्टै प्रतिस्पर्धा भएको थियो । त्यसमा हिमालयन सांग्रिला टि प्रोड्युसर्स प्रालि विजयी बनेको छ ।
नेपालटार माविको प्रांगणमा प्रतियोगिता शनिबार सुरु भएको थियो । प्रतियोगितामा ८ टिम सहभागी थिए ।
भलिबल खेलको विकास साथै खेलकुदका माध्यमबाट शिक्षकबीचको मैत्रीभाव बढाउन प्रतियोगिता आयोजना गरिएको आयोजक समिति अध्यक्ष निर्मल तिम्सिनाले जानकारी दिए ।
.jpg)
तपाईको प्रतिक्रिया