घुमफिर-पर्यटन

कोशी प्रदेशमा पाइने वन्यजन्तुका तस्बिर प्रदर्शनी

Friday 09-27-24

इलाम– पर्यटन दिवस अवसरमा झापाको काँकरभिट्टास्थित पर्यटन कार्यालय परिसरमा असोज ११ र १२ गते फोटो प्रदर्शनी आयोजना गरिएको छ । 

जैविक विविधता दर्शाउन र वन्यजन्तुको महत्वलाई थप उजागर गर्न पर्यटन कार्यालयको आयोजना तथा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको संयोजनमा प्रदर्शनी आयोजना गरिएको हो । 

प्रदर्शनीमा वन्यजन्तु फोटो ग्राफर तथा संरक्षणकर्मी देवेन खरेलले इलामको सन्दकपुर क्षेत्रमा खिचेको नेपालकै नयाँ दाबी गरिएको ठुटे खरायोको तस्बिर पनि राखिएको छ । 

प्रदर्शनीमा विशेषगरी कोशी प्रदेशका वन्यजन्तुका तस्बिर छन् । झापाका देवेन खरेल, सन्दीप लुइँटेल, शंखर क्षेत्री लुइँटेल, इलामका प्रज्वल खवास, टेकराज गिरी, माधव लुइँटेल, धडकन शर्मा, मोरङका सूर्य सुवेदी, राजेन्द्र उप्रेती, सुनसरीका अनिश तिम्सिना पाँचथरका गिरिराज बाँस्कोटा र जीवन याङ्माले खिचेका तस्बिर राखिएका छन् । 

फोटो फिचर :

 

तपाईको प्रतिक्रिया