अर्थ

सुनको मूल्य निरन्तर ओरालो

मंगलबार मङ्सिर २, २०८३/ Tuesday 11-17-26

इलाम — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको छ।

आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि सुनको मूल्य घट्ने क्रम जारी रहेको छ।

तपाईको प्रतिक्रिया