कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा फाइनल प्रवेशका लागि आज अन्तिम खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स दोस्रो क्वालिफायर खेल्दैछन् ।
आजको विजेता प्रतियोगिताको फाइनलका लागि अर्को टीम हुनेछ । यसअघि लुम्बिनी लायन्स पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्ससँग छ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गरेको थियो ।
यता चितवन राइनोजले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।
तपाईको प्रतिक्रिया