समाज

पाथीभरामा महिनामै ४९ लाखभन्दा बढी भेटी सङ्कलन

बुधबार मङ्सिर ३, २०८३/ Wednesday 11-18-26

इलाम — पूर्वको प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङस्थित पाथीभरामा एक महिनामै ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी सङ्कलन भएको छ।

मौसम खुलेसँगै गत कात्तिक महिनामा पाथीभराको दर्शन गर्न पुगेका भक्तजनले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको हो।

समितिका अनुसार गत कात्तिक महिनामा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। यसैबीच, गएको शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले पाथीभराको दर्शन गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया