इलाम - तिहारलाई लक्षित गरी बिक्रीका लागि इलामका बजारहरुमा राखिएका प्लास्टिकका फूलमाला प्रशासनको प्रतिबन्ध लगाए सँगै हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गरी जिल्लाका पसल र हाटबजार सबैतिर प्लास्टिकका फूलगुच्छा, माला भण्डारण, विक्री गर्न रोक लगाएको थियो । चाडपर्वमा प्रयोग हुने प्लास्टिकजन्य माला र फूलगुच्छाले हुने वातावरणीय क्षति न्यूनीकरण गर्न ‘वातावरण संरक्षण ऐन–२०७६’ अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।
चाडपर्वमा प्रयोग हुने प्लास्टिकजन्य माला र फूलगुच्छाले हुने वातावरणीय क्षति न्यूनीकरण गर्न ‘वातावरण संरक्षण ऐन–२०७६’ अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले जारी गरेको सुचनामा वातावरण विभागले २०७९ साउन ९ मा सूचना जारी गरी नेपालमा प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, भण्डारण र विक्री–वितरणमा रोक लगाएको स्मरणसमेत गराएको छ ।
जिल्लाका स्थानीय तहहरू समेतलाई प्रशासनले वातावरण संरक्षण ऐन र विभागको सूचनाअनुसार अनुगमन अघि बढाउन पनि अनुरोध गरेको छ । यस्तै इलाम नगरपालिकाले समेत प्लास्टिकजन्य फूलगुच्छा र मालाको उत्पादन, भण्डारण, आयात र विक्री–वितरण नगर्न सूचना जारी गरेको छ । सूर्योदय नगरपालिका, रोङ गाउँपालिकाले समेत प्रशासनको सूचनालाई ध्यान दिंदै बजारमा प्लास्टिकका फूममाला बिक्री वितरण नगर्न बिक्रेता र उपभोक्तालाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया