अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
युद्ध अपराधको आरोपमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहित पूर्वरक्षामन्त्री योभ ग्यालान्ट र हमासका सैन्य कमान्डर मोहम्मद डेफसमेतलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
गत जुलाईमा गाजामा हवाई आक्रमणमा परेर मोहम्मदको ज्यान गइसकेको इजरायलले दाबी गरिरहेको छ ।
तर, बिबिसीका अनुसार आइसिसीका न्यायाधीशले इजरायल र हमासबीचको युद्धमा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि उनीहरू तीन जनाले आपराधिक जिम्मेवारी लिनुपर्ने उचित आधार रहेको बताएका छन् । तर, इजरायल र हमास दुवैले आरोप अस्वीकार गरेका छन् ।
पक्राउ पुर्जी लागू गर्ने वा नगर्ने भन्ने विषयमा आइसिसीका एक सय २४ सदस्य राष्ट्रहरूको निर्णयमा निर्भर हुने खबरमा उल्लेख छ । यी सदस्य राष्ट्रमा इजरायल र यसको मुख्य सहयोगी संयुक्त राज्य अमेरिका समावेश छैनन् ।
अमेरिकाले आइसिसीको निर्णय अस्वीकार गरेकामा अरू धेरै युरोपेली देशले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।
–एजेन्सी
तपाईको प्रतिक्रिया