इलाम– इलामको सूूर्योदय नगरपालिकाको कन्यामस्थित श्रीकृष्णाश्रम माविमा विज्ञान तथा गणित प्रदर्शनी सुरु भएको छ । नगरपालिकाको १२ महिना बाह्रै कार्यक्रमअन्तर्गत प्रर्दशनी सुरु भएको हो ।
प्रदर्शनीमा नगरक्षेत्रभित्रका २९ विद्यालय सहभागी छन् । सबै विद्यालयले आफ्ना विद्यार्थीले बनाएका गणित तथा विज्ञानका मौलिक वस्तु प्रदर्शनीमा राखिएको छ ।
विद्यार्थीहरुले धेरै परिस्कृत रूपमा प्रदर्शनी गरेको पाइएको सूूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । ‘पढाइ मात्र नभएर प्रयोगात्मक सिकाइ बढी प्रभावकारी भएकाले विद्यार्थीलाई केन्द्रित गर्न यो प्रदर्शनी आयोजना गरिएको छ,’ राईले भने, ‘एकापसको सिकाइ आदान प्रदान र प्राविधिक जनशक्तिको निर्माण, व्यावहारिक ज्ञान र भविष्यका लागि रोजगारीको बाटो देखाउने एउटा थलोको रुपमा पनि यो प्रदर्शनी प्रभावकारी छ ।’
नगरपालिकाले विज्ञान तथा गणित प्रदर्शनी गरेर विद्यार्थीलाई सिकाइमा प्रतिस्पर्धा गराउने गरेको छ । प्रदर्शनी भोलिसम्म चल्ने जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया