पालिका

कार्य सम्पादनमा इलामको पहिलो सूर्याेदय 

बिहीबार माघ २९, २०८२/ Thursday 02-12-26

इलाम– इलामको सूर्याेदय नगरपालिका आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन मूल्यांकनमा जिल्लाका पालिकामध्ये पहिलो भएको छ । ७२.८७ अंकसहित सूर्याेदय पहिलो भएको हो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोजले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार इलाम नगरपालिका ७२.०९ अंकसहित दोस्रो र सन्दकपुर गाउँपालिका ७०.५६ अंकसहित तेस्रो भएका छन् । देउमाईले ६५.३५, माई नगरले ५५.८२, चुलाचुली गाउँपालिकाले ५५.३५, माइजोगमाई गाउँपालिकाले ५१.४६ अंक पाएका छन् । त्यस्तै, फाकफोकथुम गाउँपालिकाले ४८.९१, माङ्सेबुङ गाउँपालिकाले ४६.३१ र रोङ गाउँपालिकाले ४२.४३ अंक पाएका छन् । 

प्रदेश तथा स्थानीय तहहरूको कार्य सम्पादन मूल्यांकन कार्यविधि-२०७८ अनुसार विभिन्न १७ सूचकका आधारमा आयोगले मूल्यांकन गरी स्थानीय तहलाई अंक प्रदान गरेको हो । यो प्राप्त अंकमा चित्त नबुझो पुनरावलोकनका लागि प्रमाणसहित निवेदन पेस गर्न पनि आयोगले अनुरोध गरेको छ ।

आव २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा सूर्याेदय ९० दशमलव ५ अंकसहित प्रदेशको पहिलो र देशभरको छैटौं भएको थियो । त्यही वर्ष स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा ९९ अंकसहित देशकै दोस्रो भएको थियो । 

तपाईको प्रतिक्रिया