राजनीति

पूर्वप्रधानमन्त्री खनालले सूनपाबाट गरे मतदान

बिहीबार फाल्गुण २१, २०८२/ Thursday 03-05-26

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाबाट मतदान गरेका छन् ।  खनालले सूर्योदय नगरपालिका–९ को राष्ट्रिय आवि मतदान केन्द्रबाट मतदान गरेकाछन् । मतदान पछि प्रतिक्रिया दिंदै खनालले यस निर्वाचनमा कुनै पनि दलले बहुमत नल्याउने दाबी गरे । उनले जेन्जीका सकारात्मक मागलाई सम्बोधन गर्दै अब दलहरु सरकार गठनमा लाग्नु पर्ने बताए  ।

आफू प्रधानमन्त्री हुँदा देशको शिक्षा क्षेत्रमा  उत्कृष्ट बजेट हालेको स्मरण गर्दै अब पनि शिक्षा र स्वास्थ्यमा लगानी आवश्यक रहेको बताएका छन् ।  खनालले इलामबाट जुनसुकै  दलको प्रतिनिधिले जितेपनि आफूसाथै रहने बताए  । 

तपाईको प्रतिक्रिया