राजनीति

इलाममा उम्मेद्वारहरु मत खसाल्दै

बिहीबार फाल्गुण २१, २०८२/ Thursday 03-05-26

इलाम - नेकपा एमाले इलाम–२ का उम्मेद्वार सुहाङ नेम्वाङले इलाम सदरमुकाम स्थित महेन्द्र  रत्न बहुमुखी क्याम्पसको ग केन्द्रबाट मतदान गरेका छन् ।  नेम्वाङले  बिहान साढे सातबजे मतदान गरेका थिए । 

२०८१ को उप–निर्वाचनमा इलाम–२ बाटै निर्वाचित हुनु भएका नेम्वाङ यसपटकको निर्वाचनमा पनि इलाम –२ बाटै उम्मेद्वार भएका हुन् । मतदान पछि नेम्वाङले इलामका लागि शिक्षा, स्वास्थ्य रोजगारीनै अपरिहार्य रहेको र त्यसलाई जोड्न अधुरा रहेका सडक पूर्वाधारका कामहरु पुरा गर्न  आवश्यक रहेको बताए  । 

यस्तै नेपाली कांग्रेसका इलाम–२ का उम्मेद्वार भेषराज आचार्यले पनि मतदान गरे । आचार्यले इलाम नगरपालिका–११ सोयाकको महेश्वर आविको मतदान स्थलमा मतदान गरेका हुन् ।  यस्तै इलाम –१ मा नेकपा एमाले उम्मेद्वार काजीमान कागतेले  सूर्योदय नगरपालिका–८ को सिद्धि आविको मतदान केन्द्रबाट मतदान गरेका छन् । इलाम –१ का नेपाली कांग्रेसका उम्मेद्वार निश्कल राई र इलाम –१ का नेपाली कांग्रेसका उम्मेद्वार निश्कल राई र  इलाम १ का नेपाली कम्युनिष्ट पाटीका उम्मेद्वार रणबहादुर राईले  सूर्योदय नगरपालिका–४ को जनक माविको मतदान केन्द्रबाट मतदान गरेका छन् ।  यस्तै यो समाचार पार्दा सम्म इलाम क्षेत्र २ नेपाली कम्युनिष्ट पार्टीका उमेरदवार ओम गुरुङ सौरभ जानकी मावि फाकफोथुम– ६ बाट मतदान गरेका छन् । 

तपाईको प्रतिक्रिया