इलाम- निर्देशक तथा लेखक अन्वेश थुलुङ राईको निर्देशनमा निर्माण भइरहेको सर्ट फिल्म ‘काजु’को छायांकन सम्पन्न भएको छ ।
सामाजिक यथार्थमा आधारित यो फिल्मले आम जनजीवन, संघर्ष तथा भावनात्मक पक्षलाई केन्द्रमा राखेर निर्माण गरिएको निर्माण टिमले जनाएको छ । फिल्ममार्फत् समाजका संवेदनशील विषयवस्तु उजागर गर्ने अपेक्षा गरिएको छ ।
निर्देशक राईले लगातार तीन सर्ट फिल्मको छायांकन गर्ने योजना रहेको बताएका छन्, जसले उनको सक्रियता र सिर्जनात्मक यात्रालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
इलामका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा स्थानीय कलाकारहरूको सहभागिता छ । छायांकन सम्पन्न भएसँगै फिल्म अहिले पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गरेको छ ।
निर्माण टिमका अनुसार ‘काजु’ छिट्टै दर्शकमाझ सार्वजनिक गर्ने तयारी भइरहेको छ । साथै, यो मुभीको काम सकिएलगत्तै थप दुई सर्ट फिल्म निर्माण गर्ने योजना पनि अघि बढाइएको छ ।
तपाईको प्रतिक्रिया