कला-साहित्य

चुलाचुलीमा कृति विमोचन र सम्मान 

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

चुलाचुली (इलाम)– इलामको चुलाचुली गाउँपालिकामा वृत्तचित्र प्रदर्शनी तथा कृति विमोचन सम्पन्न गरिएको छ । चुलाचुली थिएटरको आयोजनामा भएको कार्यक्रममा ‘झोडा’ नाटकको कृति विमोचन गरिएको हो । 

कृतिमाथि पत्रकार भूपेन्द्र तिमल्सिना, चुलाचुली १ नम्बर वडाध्यक्ष पूर्ण लावती र धनकुटे कान्छाले मन्तव्य राखेका थिए  । 

थिएटर अध्यक्ष चेतन आङ्थुपोको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमपछि कविता वाचन, वृत्तचित्र प्रदर्शनी र निर्माता सम्मान कार्यक्रमसमेत सम्पन्न गरिएका छन् । 

‘झोडा’ नाटकका निर्माता सुरेश माङपाङ राई र ‘उर्फ दारासिङ’का निर्माता सुमन राईलाई सम्मान गरिएको हो ।  

कार्यक्रममा २० हाराहारी कविता वाचन गरिएका थिए  ।

ज्ञानोदय लावती र ४ नम्बर वडा अध्यक्ष सागर जबेगूलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सन्तोष गिरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया