इलाम– चुलाचुली गाउँपालिकाबाट प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–३ का २९ वर्षीय अमर राई र सोही ठाउँका २४ वर्षीय विकास गिरि रहेका छन् ।
चुुलाचुुलीको पेल्टीमारि टोलमा चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट पाँच ग्राम ३५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ, १२ हजार पाँच सय रुपियाँ र चार थान मोवयल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ गरिएका दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया