इलाम–कुकुरबाट सर्वसाधारणमा जोखिम भएको भन्दै इलाम नगरपालिका–१ ले घर पालुवा कुकुरहरुलाई नियन्त्रणमा राख्न कुकुर धनीलाई आग्रह गरेको छ ।
दिनहुँ जसो कुकुरले मानिसलाई टोक्ने गरेका घटना बढेसँगै वडा कार्यालयले घरमा पालिएका कुकुर छाडा नछोर्ड र जथाभावी हिंडेका कुकुरदेखि सावधान रहन सबैलाई आग्रह गरेको हो ।
पछिल्ला समय कुकरबाट जोखिम बढेको गुनासो आएपछि वडा कार्यालयले सूचनानै जारी गरि कुुकुरले स्कुले बालबालिका, अन्य सर्वसाधारणलाई टोकेको, कुकुरका कारण सडक दुर्घटना भएको र विभिन्न रोगको संक्रमण फैलने जोखिम बढेको र कुकुरका कारण सार्वजनिक स्थानमा सुरक्षा चूनौती थपिएको प्रति सचेत रहन आग्रह गरेको छ ।
वडाले घरपालुवा कुकुरलाई जाथाभावी छोडेदेखि कार्वाही गरिने समेत सुचनामा उल्लेख छ ।
यता इलाम अस्पतालमा भने दिनहुँ कुकुर–बिरालोले टोकेका दैनिक चार–पाँच जना बिरामी आउने गरेको अस्पतालका आकस्मिक सेवाका इन्चार्ज सरोज पोख्रेलले जानकारी दिए । ‘कुकुरले टोकेका बिरामीको संख्या दैनिक रुपमा कम छैन । विषेश गरि सार्वजनिक स्थलमा रहेका कुकुरले बालबालिकालाई बढी टोक्ने गरेको पाइएको छ । कतिपयलाई भने घरपालुवा कुकुरले पनि टोकेको अवस्था छ ।’ पोख्रेलले भने ‘अस्पतालमा रेविज विरुद्धको खोप भने छ महिना यता पूर्ण रुपमा अभाव छ ।’ पोख्रेलका अनुसार माथिबाटै रेविज विरुद्धको खोप नआउँदा बिरामीले बाहिरैबाट खोप खरिद गरेरअस्पतालमा लगेर लगाउने गरेका छन् ।
इलामका लागि तत्कालका लागि दुई सय भाइल खोप आयो भनेपनि दुई देखि तीन महिना धान्न सक्ने स्थिति रहेको छ । तर, वार्षिक रुपमा भने इलाम अस्पतालका लागि मात्र दुईहजार भाइल खोप आवश्यक पर्ने पोख्रेलको भनाइ छ । गएको आर्थिक वर्ष ०८२/०८३ मा इलाम अस्पतालमा ३४ महिला र ४१ गरि ७५ जना बिरामी कुकुरले टोकेर उपचारका लागि अस्पताल आएको पोख्रेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया