स्वास्थ्य

विद्यालय तहमा यौनिकता शिक्षा बारे सचेतना

सोमबार भदौ १, २०८३/ Monday 08-17-26

इलाम – माध्यमकि तहका विद्यार्थी, शिक्षक र स्वास्थ्य स्वयंसेविकाका लागि ‘आइपीएस’ तथा ‘एसआरएच’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम इलाममा सम्पन्न भएको छ ।


 नेपाल परिवार नियोजन संघ इलामको आयोजनामा भएको कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, व्यापक यौनिकता शिक्षा, साथीमार्फत शिक्षा, प्रजनन स्वास्थ्य क्षेत्र स्वयंसेवक तथा परिवार नियोजन सम्बन्धी शिक्षा र सेवाका विषयमा जानकारी गराइएको थियो । 


कार्यक्रममा नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा समिति सदस्य सुनिता राईले ‘एसआरएचआर, एसआरएच, सीएसइ, पिइ र आरएचएफभी’ लगायतका विषयमा सहजीकरण गरेकी थिइन् । कार्यक्रममा नियोजन संघ इलामकी कार्यालय प्रमुख प्रमिला गौतमले शाखाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । शाखाका अध्यक्ष पूर्ण गौतम र कोषाध्यक्ष हरि फुयाँलले समेत कार्यक्रमको सहजीकरण गरेका थिए । 

कार्यक्रममा संघ इलामका अध्यक्ष गौतमले युवायुवती तथा विद्यार्थी तहसम्म यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी पु¥याउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको धारणा राखेका थिए । उनले किशोर–किशोरी तथा युवाहरूले आफ्नो स्वास्थ्य र अधिकारका विषयमा सही जानकारी पाउन सके स्वस्थ र जिम्मेवार समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको बताए । 

तपाईको प्रतिक्रिया