इलाम–इलाममा आजदेखि प्रथम गोदावारी प्रदर्शनी मेला शुरु भएको छ । मेलाको कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले मेलाको उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै रानाले स्थानीय उत्पादलाई प्रयोग र बजारीकरणमा ध्यान दिन सक्दा ग्रामीण अर्थतन्त्रमा योगदान पुुग्न सक्ने बताए ।
कार्यक्रममा फ्लोरिकल्चर एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष रामभक्त श्रेष्ठ, इलाम नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी दाहाल, उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौड्याललगायतले शुुभकामना मन्तव्य राखेका थिए ।
आगामी कार्तिक २१ गते सम्म चल्ने प्रदर्शनीमा फूलका ३० वटा स्टल रहेका छन् । यस्तै चार सय भन्दा बढी प्रजातिका फूलहरु राखिएको फ्लोरिकल्चर एशोसिएसन इलामले जनाएको छ । प्रर्दशनी अवधिमा करिब एक करोड रुपियाँ सम्मको कारोबार हुने अपेक्षा रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया