अर्थ

आज पनि घट्यो सुनको मूल्य

बिहीबार मङ्सिर ४, २०८३/ Thursday 11-19-26

केही दिन अघि देखि घट्न थालेको सुनको मूल्य आज थप घटेर कारोबार भएको छ । 
आज छापावाल सुन प्रतितोला  दुई लाख ५७ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोला तीन हजार ३३५ रुपैयाँ भएको छ ।


 हिजो बुधबार भन्दा आज सुनको मूल्य तोलामा तीन हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपियाँले घटेको हो । हिजो छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९ सय रुपैयाँ र चाँदीको तीन हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । 

तपाईको प्रतिक्रिया