प्रवास

दसैंको टीका साइत कुन देशमा कति बजे ?

आइतबार असोज २८, २०८०/ Sunday 10-15-23

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिले ३० देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको जानकारी दिए । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिए ।

कुन देशमा कति बजे लगाउने टीका ?

समितिका अनुसार अमेरिका, क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः १० बजेर ४७ मिनेटमा, केन्टुकीमा ११ः घज्ञ मिनेटमा, टेक्सासमा ११ः ०३ मिनेटमा, वासिङ्गटन डिसीमा १० ः ५३ मिनेट र क्यालिफोर्नियामा १० ः३१ मा टीकाको शुभसाइत जुरेको छ ।

यस्तै क्यानडाको टोरोन्टोमा ११ बजेर १७ मिनेटमा र भ्यानकुभरमा ११ः३५ मिनेटमा टीकाको शुभ साइत जुरेको छ ।

यस्तै समितिले भारत, जापान, अस्ट्रेलिया, न्यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार र स्वीटजरल्याण्डलगायतको देशमा २४ तारिखमा टीकाको शुभ साइत जुराएको छ । जसमध्ये भारतको दिल्लीमा १० बजेर ५५ मिनेटमा, जापानको टोकियोमा १०ः४५ मिनेटमा, अस्ट्रेलियाको सिड्नी ११ः१५मा, मेलबर्नमा ११ः३५ मिनेटमा, ब्रिसवेनमा १०ः२५ मिनेटमा र क्यानबेरामा ११ः२१ मिनेटमा टीकाको शुभ साइत जुराइएको छ ।

यस्तै न्यूजिल्याण्डको वेलिङ्गटनमा ११ः२१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ः२३ मिनेटमा, बेलायतको लण्डनमा ११ः३१ मिनेटमा, फ्रान्सको पेरिसमा ११ः२५ मिनेटमा, नर्वेको ओस्लोमा ११ः३५ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ः१५ मिनेटमा, युएईको अबुधाबीमा ११ः०५ मिनेटमा, कतारको दोहामा ९ः५९ मिनेटमा, थाइल्याण्डको बैंककमा १०ः३९ मिनेटमा, दक्षिण कोरियाको सिओलमा ११ः३१ मिनेटमा, इजरायलको तेल अविवमा ९ः२५ मिनेटमा, सिंगापुरमा ११ः५ मिनेटमा, साउदी अरेबियामा ९ः११ मिनेटमा, म्यानमारको याङ्गुनमा १०ः३१ मिनेट र स्वीटजरल्याण्डको जेनेभामा ११ः५५ मिनेटमा टीकाको शुभ साइत जुराएको छ ।
 

तपाईको प्रतिक्रिया