यस्तो पनि !

बिहेकै दिन बेहुलाले गरे बेहुलीसहित चारको हत्या 

सोमबार मङ्सिर ११, २०८०/ Monday 11-27-23

बैंकक– एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी बेहुली र अन्य चारजनाको हत्यापछि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ । 

आसियान पारा खेलकुदका रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा बेहुली कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए । 

‘उनीहरूबीच निजी मामिलामा बहस भएको थियो र चतुरोङले आफ्नो कारमा गए र गोली चलाउनुअघि बन्दुक उठाए,’ उत्तरपूर्वी नाखोन रत्चासिमा प्रान्तका प्रहरी अधिकारी म्याटिचोन वोङगबाओकुलले भने । 

उनका अनुसार चतुरोङले स्वयंलाई मार्नुअघि पहिला आफ्नी बेहुली र अन्य चार जनामाथि गोली चलाएका थिए । मारिनेमध्ये एक अतिथि पनि थिए । 

पौडी खेलाडी उनले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा  दुई रजत पदक जितेका थिए । 

उनी थाई सेनाका रेन्जर रहेको र सीमामा गस्ती गर्ने क्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएको स्थानीय मिडियाले बताएका छन् । 

कानुनी र अवैध दुवै तरिकाले सजिलै बन्दुक उपलब्ध हुने थाइल्यान्डमा बन्दुक हिंसा सामान्य छ । 

यद्यपि, सामूहिक गोली हानाहान सामान्यतया दुर्लभ हुन्छन् । यो हमला गत महिना एक मलमा भएको हमलामा तीन व्यक्ति मारिएको घटनापछि भएको हो । 

तपाईको प्रतिक्रिया