प्रवास

स्वदेश फर्किन निवेदन दिँदै नेपाली

आइतबार असोज २८, २०८०/ Sunday 10-15-23

इजरायलमा हमासले आक्रमण गरेपछि असुरक्षित महसुस गरी स्वदेश फर्किन तीन सय जनाले निवेदन दिएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायल शान्त हुन नसकेपछि निवेदन दिनेको संख्या बढिरहेको छ । 

निवेदन दिएका सबैलाई प्रक्रिया पूरा गरेर नेपाल फर्काउने तयारीमा रहेको उनले बताइन् । इजरायलमा श्रमिकका रूपमा कुल चार हजार पाँच सय जना नेपाली कार्यरत छन् । नेपाल सरकारले इजरायलबाट शुक्रबार दुई सय ५४ विद्यार्थीलाई स्वदेश फर्काएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययरत विपिन जोशी सम्पर्कविहीन छन् । सोही विश्वविद्यालयका निधन भएका १० जनाको शव अझै स्वदेश ल्याउन सकिएको छैन । 

राजदूत रिजालले निधन भएका विद्यार्थीको शव ल्याउन इजरायलको प्रोटोकल पूरा भएपछि नेपाल पठाइने बताइन् । 
 

तपाईको प्रतिक्रिया