सात वर्ष लगाएर खिचिएको तस्बिर !
जुन तस्बिरलाई नासाले पुरस्कृत गर्यो
वाह ! भन्ने खालको एउटा उत्कृष्ट फोटो खिच्नका लागि कहिलेकाही १५/२० मिनेट वा घण्टौंसम्म पनि लाग्नसक्छ । तर, के कुनै तस्बिरलाई ठीक ढंगले खिच्नका लागि सात वर्षको समय लाग्नसक्ला ? अनि, सात वर्ष लगाएर खिचिएको कुनै तस्बिर कस्तो होला ?
इटालीको टुरिन सहरमा बस्ने भेलेरियो मिनाटो नामका एकजना फोटोग्राफरले एउटा यस्तै कार्य गर्न सफल भए । उनको लक्ष्य नै एउटा दुर्लभ तथा आश्चर्यजनक तस्बिर खिच्नुथियो, जसलाई दुनियाँले 'फोटोग्राफ अफ द डिकेट'को रूपमा चिनून् । यसका लागि उनी एउटा यस्तो खोजमा निस्किए जसमा छ वर्षको धैर्य र सटिक योजना चाहिएको थियो ।
मिनाटोले सर्वाधिक चर्चित दुईवटा ल्यान्डमार्कसँग पूर्णरूपमा आबद्ध भएको चन्द्रमाको एक तस्बिर आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् ।
तस्बिरमा बेसिलिका अफ सुपरगाको गुम्बजका साथै विशाल मोनविसो पहाडको ठ्याक्कै पछाडि चन्द्रमा देखिन्छ । यो यति सुन्दर र अनौठो दृश्य छ कि उनको तस्बिरलाई नासाले समेत सम्मानित गरेको छ ।
मिनाटोले चन्द्रमाको यो तस्बिर खिच्ने जटिल प्रक्रिया बुझ्नका लागि सन् २०१७ देखि चन्द्रमाको दृश्यका साथै क्षितिजमा गर्ने वारपार तथा मौसमको हलचलको समेत अधययन गरे । उनको सपना प्रायः टुरिनको आकासमा लाग्ने बादलले छोपिदिन्थ्यो । तर उनले कहिल्यै पनि हिम्मत हारेनन् ।
टुरिनस्थित समाचार एजेन्सी कोरिएरे टोरिनोसँग कुराकानी गर्दै मिनाटोले आफ्नो उक्त तस्बिरयात्राका विषयमा बताएका छन् । उनले भनेका छन्, ‘म सुरुमा टुरिनमा र त्यसपछि आसपासका क्षेत्रमा सहरलाई विभिन्न विन्दुतथा दूरीबाट हेर्नका लािग सन् २०१२ देखि छायांकन गरिरहेको छु । एक निश्चित बिन्दुमा मैले सुपरगता तथा मनेविसोको गुम्बजलाई पूर्णरुपमा आबद्ध गर्ने बिन्दुको खोजी सुरु गरें ।
अन्ततः गत डिसेम्बर १५ को बेलुकी ७ बजेको समय आयो र मिनाटोको दृढता र मेहेनत साकार भयो । आकाश सफा भयो र चन्द्रमा ठ्याक्कै त्यस्तो अवस्थामा देखियो जसलाई उनले लामो समयदेखि पर्खिरहेका थिए । आफ्नो क्यामरालार्य तयराी हालमा राखेका मिनाटोले त्यो पलको लाभ उठाए र लाखौंमा एक शटलाई क्यामरामा कैद गरे ।
उक्त अद्धितीय तस्बिरलाई mindset.therapy ले आफ्नो इन्स्टाग्राममा राखेको छ ।
जसमा करिब ४ लाख जनाले मन परेको प्रतिक्रिया जनाएका छन् ।
- साभार : अनलाइनखबर
तपाईको प्रतिक्रिया